बैशाख १२, सल्यान – एमालेले बागचौर नगरपालिकाको मेयरमा घनस्याम शर्मालाई आएको टिकट सहकर्मी तिलक मल्ललाई नै हस्तान्तरण गरेका छन ।

एमाले प्रदेश कमिटीले आइतबार मेयरको टिकट एमालेका नगर कमिटी अध्यक्ष घनश्याम शर्मालाई दिएको थियोे । तर शर्माले सोमबार बिहान उक्त टिकट तिलक मल्ललाई हस्तान्तरण गरेका छन् । मल्ल एमालेको प्रदेश कमिटी सदस्य हुन् ।

यसअघि एमालेको नगर कमिटीले मल्लकै नाम मेयरको लागि सर्वसम्मत प्रदेशमा सिफारिस गरेको थियोे । तर आइतबार टिकट आउँदा शर्माको नाममा आएको हो ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार