जेठ ८ सल्यान – स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आएर सम्पन्न भइसकेको अवस्थामा पनि सल्यान बागचौर नगरपालिकामा भने पार्टी भित्रकाे विषयलाई लिएर व्यक्तिगत द्वन्द सुरु भएको सार्वजनिक भएको छ।
उक्त नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य समेत रहेका लाेकमान बुढाथोकीले निर्वाचनकाे समयमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउने अनेक गतिविधि गरेकाे भन्दै नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटीको शनिबार बसेकाे तेस्रो विस्तारित बैठकले बुढाथोकीलाई कारबाहीको माग गर्दै जिल्ला समन्वय हुँदै प्रदेश समितिलाई सिफारिस गरेपछि पार्टीको झमेला अन्ततः व्यक्तिगत रुपमै आइलागेकाे बुझिएकाे छ।
शनिबार दिउसो पार्टीको बैठकले बुढाथोकीलाई कारबाहीको सिफारिस गरेपछि बुढाथोकीले नगर कमिटीका अध्यक्ष माथि आक्रमणको लागि गुण्डा लगाएकाे हातहतियार सहित ज्यान लिने सम्मकाे प्रयास भएको माओवादी केन्द्र बागचौर नगर कमिटीले जनाएको छ।
नगर कमिटीले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै भनेकाे छ; `जेठ ७ काे तेस्रो विस्तारित बैठकका निर्णयलाई लिएर केही अराजक तत्व र उच्छृङ्खल प्रकृतिद्वारा नगर कमिटी अध्यक्ष शाेभाराम भण्डारी लगाएत पार्टीका नेतृत्व माथि साङघातिक हमला र पार्टीका नेता कार्यकर्तालाई धम्क्याउने हर्कत प्रति गम्भीर ध्यानाकर्षण भएकाे छ। कम्युनिस्टकाे इमानदार कार्यकर्ताले पार्टीको निर्णयलाई आत्मसात गरि अनुशासन प्रदर्शन गर्नुकाे साटाे गुण्डागर्दी शैलीमा प्रस्तुत हुनु निन्दनीय कार्य हाे।´ नगर कमिटी सचिव दिपक वलीद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ।
नगर कमिटी अध्यक्ष भण्डारीकाे परिवार भन्छ: `सिङ्गो परिवारकाे जिम्मा लाेकमानले लिनुपर्छ´
नगर कमिटी अध्यक्ष शाेभाराम भण्डारीकि श्रीमतीले आफ्नाे सिङ्गो परिवारकाे जिम्मा नै अब लाेकमान बुढाथोकीले लिनुपर्ने बताएकी छन।
भण्डारीकि श्रीमती लिला डाँगी भण्डारीले सामाजिक संजाल मार्फत घटनाकाे विवरण सहित बुढाथोकीले आफ्नाे परिवारकाे सुरक्षाकाे जिम्मेवार हुनुपर्ने बताएकि हुन। उनले चार जना खुकुरी सहित आक्रमण गर्न आएको समेत सार्वजनिक गरेकि छन।
उनले सामाजिक संजालमा सार्वजनिक गरेकाे विवरण जस्तातस्तै साभार
सबैले पढ्नु होला र राम्रो नराम्रो आफैले बुझेर comment गर्नु होला 🙏🙏
मेरो फेस्बुक साथीहरूमा नमस्कार मा आज सामाजिक संजालमा के लेख्ना गैरहेकी छु भने हाम्रो आदरणीय दाइ लोकमान बुढाथोकी को बिसयमा उहालाई आज भन्दा ठ्याक्कै पाँच बर्ष अगाडि बागचौर नगरपालिकाको मेर पदमा पाटीले सिपारिस गरेको थियो तेसै करममा उहाको विरुद्ध पाटिका ठुलै नेता कार्यकर्ता हरु रिसायको पनि सबै आम जनताले देखेको र बुझेका पनि थिए तेति बेला उहाँले सोभाराम लाई दाइने हात बनायर लिनु भएको थियो सोभाराम मात्र हैन मैले पनि आफ्नो साथीहरू इस्ट मित्र लगेर गाउँ गाउ टोल टोलमा लोकमान दाइलाई जिताउनु पर्छ है भनेर पर्चार मा हिडेकी थिए तेति बेला उहाँलाई साथ सपोट दिने र आफ्नै वडामा आफै उमेदवार भएको आफैलाइ हरायर उहाँको जित हासिल गर्नु भएको थियोे र तेति बेला देखि हिजोको दिन अर्थात् पाँच बर्ष उहाँको वरिपरि दाइने हात बनायर राख्नु भो आज फेरि तेहि दाइने हात काट्नको लागी उहाँले आफ्नो पैसाको पावर लायर चुल्ठे मुन्द्रा लगायका भुसतिघ्रे हरु पठाउनु भो साथीहरू अब तपाई उहाँलाई कस्तो नैतिकता भएको मान्छे ठान्नु हुन्छ उहाँकै दाइने हात भैराख्नाको कारण कारोबार धरातलमा पुग्यो धेरै दुध खोयको सर्पले बीस ओकलछ भन्थे हो रहि छ यदि अब देखी सोभाराम भण्डारी लाई सिन्कोले पनि छोयो भने यसको जिम्मेवार लोकमान बुढाथोकी जिम्मा अनि अर्को कुरा सोभाराम मात्र हैन मा मेरो दुइवटा छोरा अनि यक छोरीलाई पनि कतै केही भयो भने उहाँकै जिम्मेवारी हुने छ नताले lउहाँ मेरो सासू आमाको दिदिको छोरा हो मेरो चुची जेठाजु दाइ हो उहाँ मेरो आदरणीय दाइ हो तर मान्छे सानो देखेर होचो देखेर तेस्लाइ होच्याउने काम बिर्सेर पनि नगर्नु होला यदि कतै सोभाराम लाई भाराका टटुहरु लायर कहि कतै छोट पुर्याउने काम भयो भने कोरना त के माहा कोराना आए पनि सहौला त्यो सहिने छैन र तपाईं मात्रै हैन तपाईंको जो अरु अरु हात मा हात मिलाएर आउन खोज्नेले कतै केही गरिहाले भने तेसको सेर तपाईंले लिनुपर्छ अनि हाम्रो जति करोबारो बिग्र्या छ नि त्यो सबै सोभाराम लाई पुच्छर भनायर हो साथीहरूले मैले केही गलत लेखेकि छु भने मलाई जस्तोसुकै कार्बाही गर्दा पनि हुन्छ गुन्डागर्दी देखाएर खुकुरी देखायर मान्छे तर्साउने 2052 हैन 2079 हो सक्दो कोसिस सोभाराम ले गर्नु भाकै हो पाटिले टिकट दिएन त अरु आउँदा के बिग्र्या थियो र उहाँ पनि त हिजो हजुर हुँदा लढ्नु भाकै त हो हिजो सम्म मैले लोकमान दाइ भनेर हजुर को गुणगान गाउथे लोकमान दाइ आउनु पर्छ जित्नाको लागि भनेकै हो टिकट आएन त के गर्ने उहाले आज चार जना खुकुरी राखेका फुसतिघ्रे पठाउनु भाको थियो रे साथीहरू हिजो सम्म दाइने हात भनेको मान्छे आज तेहि दाहिने हात काट्ना पठाउनु भो साथीहरू तपाइहरुले बिचार गर्दिनु होला बागचौर बासी र अन्य ठाउको दाजु भाइ दिदिबहिनीहरु हिजो अस्ति सम्म सोभारामले कुनै पाटी नभनि हरेक दुख सुखमा साथ सपोट गरेको को नभुल्नु होला यता उति यतै कतै पनि यो हरा हुने थियो भन्ने पनि छ्न यता पनि केही भय त्यो सेर पनि उहाँ ले नै लिनु पर्छ सबै थोक राजनीति हो भन्ने छैन कसले पाटीको लागी त्याग तपस्या गर्यो भन्ने थाहै होला तपाहरुलाइ र गुन्डागर्दी पठाएको पनि सबैलाई थाहा छ आफ्नो स्वार्थ छन् जि उहाले मेरो भाइ भनेर चाट्नु हुन्थ्यो उहाले त तेहि थालमा खाने तेहि थालमा हग्ने गर्नु हुदो रहिछ साथीहरू सानो मान्छे भनेर हेप्ना नदिनु होला उभित्र पनि मानबता हुन्छ कुरा राख्ना पाउने अधिकार हुन्छ थारमारे इलाका पर्सासनले पनि यो पढ्दिनु हुनेछ पहिला यो भन्दा पाँच बर्ष आगाडी उहाँलाई आज जो संग नजिक हुनुहुन्छ नि तिनी मान्छेले घेरा हाल्दा सोभाराम यक्लै लढ्नु भएको थियो तेहि मान्छे लाई हेर्नुस् आज यो हर्कत कतिसम्म गिरेको मान्छे हो उहाँ सोभाराम संग पैसा र पावर त छैन तर इमानदारीता र साथीहरू पकै छन् पाँच बर्ष उहाँको पुच्छर बन्नाले हाम्रो कारोबार बिगि्रएको हो 🙏🙏
लाेकमान के भन्छन् ?
पार्टीको अन्तर विवादका कारण सामाजिक संजालमा अनेक आलोचना खेपिरहेकाे निवर्तमान लाेकमान बुढाथोकीले भने आफु विरुद्ध राजनिती प्रतिसाेधका आधारमा चरित्र हत्या गर्न खाेजेकाे बताएका छन।
पार्टीले गरेका निर्णय विरुद्ध आफुले कसैलाई कुनै प्रतिक्रिया समेत नदिएकाे बताउदै बुढाथोकी भन्छन् ; यसमा मेरो कहि संलग्नता छैन । म सँग सम्बन्धित होइन होला । यो मैले गर्ने होइन, सोच्ने कुरा पनि होइन।´ तपाईंले खुकुरी सहितको गुण्डा टाेली लगाउनु भयाे रे ? भन्ने हाम्रो पश्नमा उनी भन्छन्; ब्यक्ति को कोले के बोल्छन प्रतिक्रिया दिएर त साध्य नहोला । यदि कोहि गएका हुन् भने तिनीहरुको नाम होला । को हुन् ? मैले चिन्न्ने हुन कि होइनन् ? चार जना र खुकुरी देख्नेले मान्छेकाे नाम पहिचान पनि दिनु पर्याे।´ उनले भने।
चुनावी कारणले आफुमाथि चरित्र हत्या गर्न लागेका तत्वहरुले नै यस्तो अफवाह फैलाएकाे बुढाथोकीले बताएका छन। उनले चुनाव अवधिमा गरेका गतिविधिबारे आफुबाट भन्दा कार्यकर्ताबाट प्रतिक्रिया लिन सुझाउदै भन्छन; `माओवादी केन्द्रले जितेकाे वडा नं. -१ र मैले जिम्मेवारी पाएको वडा ८ का इन्चार्ज सहित नगर कमिटीका अध्यक्ष र सचिव बाहेक अरु कार्यकर्ताकाे प्रतिक्रियाबाट स्पष्ट हुन्छ। त्यसैले सामाजिक संजालकाे अफवाह भन्दा आधिकारिक रुपमा बुझन अनुरोध गर्छु।´