चैत १७ सल्यान – दाङ बाट सल्यानका लागि छुटेकाे बस दुर्घटना हुदा ५ जना घाइते भएका छन।

दाङ तुलसीपुरबाट सल्यानकाे दार्मा गाउँपालिका – ६ आरूबारेका लागि छुटेकाे लु२ख ११०९ नम्बरको बस बिहीबार बेलुका अन्दाजी ७: १५ बजेतिर आरुबारे नजिकै सडकमै पल्टिदा दुर्घटना भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते हुनेमा दार्मा गाउँपालिका -५ का २८ वर्षिय सन्तोष रोकाय, साेहि ठाउका ६२ वर्षिय गोपिलाल ओली, ७२ वर्षिया सर्किनि ओली, २५ वर्षिया साबित्रा राेकाय, ४४ वर्षिय पिमकली राेकाय  र वडा नं. -६ का  ३१ वर्षिय अर्जुन रोकाय र ४२ वर्षिय टिउकली खडका रहेका छन। उनिहरुलाई उपचारकाे लागि श्रीनगर लिने तयारी भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका हवल्दार थम्मन बहादुर डाँगीले जनसहारालाई बताए

घटना भएकाे खबर पाएपछि ट्राफिक प्रहरी पाेष्ट सिमखाेलीबाट ट्राफिक प्रहरी जवान नवराज जैसीकाे कमान्डमा गएकाे प्रहरी टाेलीले घाइतेहरुकाे उद्वार गर्ने काम भइरहेकाे र बस चालक राजेश कँवर फरार रहेकाले खाेजिकार्य पनि जारी रहेकाे छ। कच्ची सडकमा तिव्रगतिमा रहेका कारण स्टेरिङ्ग फेल भएपछि बस सडकमै पल्टिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे ट्राफिक प्रहरी हवल्दार डाँगीले बताए।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार