रोल्पाको परिवर्तन गाउँपालिका–२ चौधारामा भात पकाउने क्रममा प्रेसर कुकर पड्किँदा एक महिला गम्भीर घाइते भएकी छन्।

परिवर्तन गाउँपालिका–१ कुरेली घर भई माइतीघर ८ दिनअघि आएकी २४ वर्षीया रुपा राना भान्सामा खाना पकाइरहेकी बेला प्रेसर कुकर अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय राेल्पाले  जनाएको छ।

घटनामा रानाको अनुहार, ढाड, दाहिने हात र बायाँ खुट्टामा गम्भीर चोट तथा पोलेको छ। उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक सुनील थापा नेपालीले बताए।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार