खुश्बु ओलीले प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी बनेको भन्दै आपत्ति जनाएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदीय अभ्यास, मर्यादा र जवाफदेहितालाई निरन्तर बेवास्ता गरेको आरोप लगाइन्। लोकतन्त्र केवल निर्वाचन जित्ने प्रणाली मात्रै नभई निरन्तर संवाद, बहस र सहकार्यको अभ्यास भएको उनले बताइन्।

ओलीले वैदिक कालदेखि नै संवाद र सहकार्यको परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सदनमा नियमित सहभागिता नजनाउनु अनिच्छा र गैरजिम्मेवारीको संकेत भएको टिप्पणी गरिन्।

उनका अनुसार पहिलो अधिवेशनमा प्रधानमन्त्री बिना सम्बोधन बाहिरिनु, दोस्रो अधिवेशनमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बीचमै उठेर जानु तथा सामाजिक सञ्जालमार्फत मात्रै प्रतिक्रिया दिनु संसदीय अभ्यासप्रति अनुत्तरदायी व्यवहारको निरन्तरता हो।

उनले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर जनप्रतिनिधिहरूका प्रश्नको प्रत्यक्ष जवाफ दिन तथा सदनप्रति जवाफदेही बन्न आग्रह गरिन्।

प्रकाशित मिति : २०८३ जेष्ठ २ गते शनिवार