असोज १६, सल्यान – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १२ गते सल्यान खलंगामा भएको प्रदेश प्रतिनिधिको निर्वाचनमा कमल चन्दले सर्वाधिक मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।
खुला प्रतिस्पर्धातर्फ १६ जना उम्मेदवार चुनावी मैदानमा थिए। तीमध्ये ८ जना प्रदेश प्रतिनिधिमा निर्वाचित हुने व्यवस्था थियो। अन्तिम मतपरिणाममा कमल चन्दले ५१५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे।

पूर्ण चन्द ४४२ मतसहित दोस्रो, भद्रबहादुर पुन ४३२ मतसहित तेस्रो, भोला प्रसाद केसी ४२४ मतसहित चौथो, सुशील राउत ४२३ मतसहित पाँचौँ, केशरबहादुर बुढाथोकी ४१८ मतसहित छैटौँ, रोमहर्ष गौतम ३९१ मतसहित सातौँ र दीपेश कुमार डीसी ३३९ मतसहित आठौँ भएका छन्।

यससँगै खुला प्रतिस्पर्धामा सबैभन्दा धेरै मत प्राप्त गर्ने यी ८ जना प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन्।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार