राेल्पामा एकैघरका ११ र १५ वर्षिय दिदीबहिनी माथि बलात्कार, ५५ वर्षीय पुरुष पक्राउ

रोल्पामा एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु निवासी ५५ वर्षीय धन प्रसाद पुन रहेका छन्। उनीमाथि १५ वर्षीया बालिका र उनकी ११ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

घटनापछि पीडित पक्षको उजुरीका आधारमा पुनलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बालिकामाथि भएको यौन हिंसाको घटनाले स्थानीय क्षेत्रमा चिन्ता र आक्रोश बढाएको छ। प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार