चैत २३ काठमाडौ – साेमबार एमालेमा प्रवेश गरेका धादिङकाे रोराङ बेनिघाट गाउँपालिका अध्यक्ष हरिबहादुर डल्लाकोटी बुधबार बिहानै प्रचण्ड निवासमा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर माओवादी मै फर्किएको बताएका छन।
प्रचण्ड संग आफुले गलती गरेकाे भन्दै केही मान्छेले परिबन्दमा पारेपछि बालकाेटमै पुग्नु परेकाे डल्लाकाेटीले प्रचण्ड संग बताएका छन। प्रचण्डकाे निजि सचिवालयका अनुसार डल्लाकाेटीले भने;”अध्यक्ष ज्यु, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगे। यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन, सुत्न नि दिएनन। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु ।र, म २ दिनमै घर फर्केको छु”
त्यसपछि अध्यक्ष प्रचण्ड इमानदार रहेर आफ्नाे जिम्मेवारी नभुल्न र गल्ती स्विकार गरिसकेकाले अब काममा फर्कन निर्देशन समेत दिएका छन।