फागुन २६, सल्यान – बागचौर नगरपालिका शिक्षा शाखाको आयोजनामा बालविकास सहजकर्ताहरुको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ ।
तालिममा प्रारम्भिक बालविकास पाठ्यक्रम २०७७ ले निर्धारण गरेका विषयवस्तुका बारेमा प्रष्ट पारिएको थियो । यस्तै सक्षमता सम्बन्धमा प्रवोधिकरण स्थानीय स्तरमा शैक्षिक सामाग्री निर्माण र प्रयोग कसरी गर्ने विषयमा पनि सिकाईएको थियो ।
तालिममा मुख्यतः बाल मनोविज्ञानको पहिचान र सिकाइ क्रियाकलाप र व्यवहारमा सुदृढीकरण गर्न कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा अभ्यासगत सिकाई भएको र यसबाट विद्यार्थीमा आफुहरुले सिकाउन सजिलो हुने बालविकास सहजकर्ताहरुले बताएका छन ।
बागचौर नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख टेक ब. डि.सी. को अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रशिक्षकहरु कार्यक्रम संयोजक प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (EGRP) सल्यानका कार्यक्रम संयोजक पुरुषोत्तम गिरी, जनकल्याण नमुना मा.वि. मन्टेश्वरी कक्षा शिक्षक देवकली बस्नेत रहेका थिए ।
यस्तै तालिममा बागचौर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर वली, शिक्षा, युवा तथा खेलकुद विकास शाखामा कार्यरत विरेन्द्र प्रकाश डि.सी. र रविकिरण वलीको उपस्थिति रहेको थियो ।

नगरपालिका भित्रका ६४ सामुदायिक विद्यालयका ६४ जना बालविकास सहजकर्ताहरुले दुई दिने क्षमता अभिवृद्धि तालिम लिएका छन ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार