सल्यानकाे दार्मा गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनकल्याण आधारभूत विद्यालय (जलेखर्क) भालुमारेमा बुधबार उज्यालो युवा क्लब र रञ्जना कामीकाे पहलमा विद्यार्थीहरुलाई १९ हजार बराबरकाे शैक्षिक सामाग्री वितरण गरिएको छ।

नवलपरासी घर भइ हाल दाङ जिल्लामा अबस्थित मेट्राे कलेजमा कानुन अध्ययनरत समाजसेवी रञ्जना कामीले उक्त सामाग्री दुर्गमका बालबालिकालाई केही राहत हाेस भन्ने भावनाका साथ उज्यालो युवालाई सहकार्य गर्न अनुरोध गरेपछि क्लब मार्फत उक्त सामग्री वितरण गरिएको क्लबका सचिव घनराज खड्काले बताए।

शैक्षिक सामाग्री सौजन्य रञ्जनाले आफुले नजिकबाट क्लबको सिद्धान्त बुझेकाे र क्लबको समाजिक कार्य नजिक बाट नियालेपछि समाज प्रतिकाे उत्तरदायित्व अझै फराकिलो बन्दै जावस भन्दै आफुले सक्ने सहयोग सदैव गर्ने र दुर्गममा बालबालिकासँग नजिकबाट माया साट्ने अवसर दिएकाे भन्दै क्लब र विद्यालय परिवारलाई धन्यवाद दिएकि छन।

कार्यक्रममा ९५ विद्यार्थी सहभागी रहेका थिए। सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई क्लब र रञ्जनाकाे टिमबाट प्रति ब्यक्ति २ वटा कापी र ५ वटा कलम दिएको थियो। उक्त सामाग्री रञ्जना कामीले नै उपलब्ध गराएकि हुन। १९ हजार बराबरकाे सामाग्री वितरण गरिएकाे क्लबले बताएकाे छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खड्का सहित विद्यालय परिवार र केही अभिवावककाे उपस्थिति रहेको थियाे। कार्यक्रम सञ्चालन क्लबका सचिव घनराज खड्काले गरेका हुन।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार