सहिद पुर्व जनमुक्ति सेना नेपालको सम्झनामा फुलिवनको विद्यालयमा अक्षकोष स्थापना गरिएको छ।
जनमुक्ति सेना नेपालमा कार्यरत हुँदै गर्दा वि. सं.२०६० साल कार्तिक २ गतेका दिन मकवानपुर जिल्लाको सिम भञ्ज्याङ् रिपिटर टावर कार्वाहीमा सहादत प्राप्त गरेका सुनछ्हरी गाउँपालिका -१ झङकी फुलिवनका निमबहादुर घर्ती मगरको स्मृतिमा सुनछहरी गाउँपालिका -१ फुलिवनमा रहेको शाखा आधारभूत विद्यालयमा झङकी फुलिवनमा रु ४७ हजार ५ सय पन्ध्र रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको हाे।
उक्त काेष बहिनी जानपुरा घर्तीमगर र भेनाजु महाविर राना मगर (सुनिल)द्वारा विद्यालयका प्रधानाध्यापक खिमबहादुर बिष्ट र विद्यालय व्यवस्थापन समिति अध्यक्ष शन्तबहादुर विकलाई विद्यालय व्यवस्थापन समितिको बैठकमा हस्तान्तरण गरिएको छ।
सहिद पुर्व जनमुक्ति सेना घर्ती मगरका बुवा कमरा घर्ती मगर,आमा मनसरा घर्ती मगर,जेठी दिदी दिलपुरा घर्ती राना मगर,भेनाजु महावीर राना मगर (सुनिल), बहिनी जानपुरा घर्ती मगर र बहिनी ज्वाइँ सुरबहादुर घर्तीमगरको परिवारले उक्त रकम जम्मा गरि विद्यालयलाई हस्तान्तरण गरिएको भेनाजु महाविर राना मगर `सुनिल´ले बताए।
सहिद जनमुक्ति सेना घर्तीको जन्म वि. सं. २०४० साल असोज १५ गतेका दिनभएको थियो भने तत्कालीन नेकपा माओवादीमा २०५४/५५ सालदेखि भुमिगतभै विद्यार्थी संगठन,जन मिलिसिया हुँदै जनमुक्ति सेनाको सेक्सन कमान्डरको भुमिकामा हुँदै गर्दा सहिद भएको नेकपा माओवादी केन्द्रका सुनछहरी गाउँ कमिटी सदस्य पुर्ण गोतामेले बताए । सहिद जनमुक्ति सेना घर्ती यसै शाखा आधारभूत विद्यालय फुलिवनबाट अध्ययन सुरु गरि सेरमको विद्यालय सम्म पुगेर कक्षा ८ सम्म अध्ययन गरेको पारिवारिक श्रोतले बताए।
सहिद जनमुक्ति सेनाको बुवा कमरा घर्तीले भने “जनताको लागि आफ्नो जीवन दियो छोराको त्यागलाई भुल्न सकिँदैन। यो अक्षयकोष स्थापना गर्नु हाम्रो लागि ठूलो सम्मानको कुरा हो ।यस अक्षयकोषले विपन्न परिवारका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्नेछ र सहिदको सपना साकार पार्नेछ।”
नेकपा माओवादी सुनछहरी गाउँ कमिटी अध्यक्ष एवं भेनाजु समेत रहनुभएका सुनिलले भने सहिदले गरेको योगदानलाई शब्दमा वर्णन गर्न नसकिने बताउदै भने `देशमा परिवर्तन ल्याउन, गरिब र मजदुरको हक अधिकार सुनिश्चित गर्नका लागि आफूलाई बलिदान दिएकाे हुदा उनका सपनालाई हामीले पूरा गर्नुपर्छ। यसै क्रममा, हामीले यो अक्षयकोष स्थापना गरेका छौँ। यसले विद्यार्थीहरूलाई पढ्नमा सहयोग पुग्नेछ। यो अक्षयकोषले उहाँको नामलाई अमर बनाउनेछ।”