दाङ स्थित तुलसीपुरको ज्ञान ज्योति माध्यमिक विद्यालय यो बर्ष पनि देशकै उत्कृष्ट सातमा पर्न सफल छ ।
देशभरका चार हजार सात सय ४१ मविका शैक्षिक उपलब्धि, भौतिक पुर्वाधार, अतिरिक्त क्रियाकलाप, स्थापना वर्ष र अभिभावकको रोजाइ लगायतका विषयलाई आधारमा तथा कक्षा ११ र १२ पढाउने अनुमति पाएको वर्ष र ज्ञान ज्योतिलाई बोर्डबाट प्रदान गरिएको उत्कृष्ट माविको पुरस्कार लगाएतका आधारमा पनि यो विद्यालय मुलुककै उत्कृष्ट सात बिद्यालयमा पर्न सफल भएको हो ।
बिक्रम संबत २०६५ सालमा स्थापना भएको यो बिद्यालयले स्थापनाको दोस्रो वर्ष २०६७ सालमै शिक्षा मन्त्रालय बाट उत्कृष्ट माविको पुरस्कार थापेको बिद्यालय हो ।
यो बिद्यालयले २०६९, २०७०, २०७१, २०७२, २०७३, २०७४ र २०७५ मा नतिजाका आधारमा उत्कृष्ट विद्यालयको पुरस्कार प्राप्त गरि सकेको छ । यो बिद्यालय २०७९ सालमा मुलुककै उत्कृष्ट १५ माविमा छनोट भएको यो बिद्यालय उत्कृष्ट १० औँ हुदै बिगत दुई बर्ष यता उत्कृष्ट ७औं विद्यालयमा छनोट हुन सफल भएको छ ।
सफलताको प्रमुख आधार कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष शिक्षकको साथ र लगनशिल विद्यार्थीका कारण संभव भएको भन्दै विद्यार्थीमा पठन संस्कृतिबारे अभिरुची जगाउँदै उनीहरुमा अन्तरनिहित क्षमता प्रष्फुटन गराउन सक्नु विद्यालयको उपलब्धि मान्नु पर्ने र यसै शैक्षिकशत्र देखि दाङकै लमहीबाट सेवा सुरु गरेको ज्ञान ज्योति फाउन्डेसनका प्रमुख सुरेन्द्र जिसीले बताए।
उद्यमशिलताको बिकास तर्फ लाग्न प्रेरित गरि मुलुक भित्रै स्वरोजगारी सृजना गर्ने जनशक्ति उत्पादनका लागि शैधान्तिकका साथै ब्यबहारिक र सीप मुलुक शिक्षा प्रदान नै फाउन्डेसनको उदेश्य रहेको प्रमुख जिसीले बताए ।