फागुन २१, सल्यान – अखिल नेपाल महिला संघ क्रान्तिकारी बागचौर नगरपालिका वडा नं. ६ को भेला सम्पन भएको छ ।
भेलाबाट निर्मला वलीको नेतृत्वमा ३१ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्ष सुशीला खड्का, सचीव कमला वली, सह-सचीव निर्मला बस्नेत, कोषाध्यक्ष कमला वली रहेका छन

कार्यक्रममा प्रमुख अथिति अ.ने.म. संघ केन्द्रीय सचिवालय सदस्य सुम्निमा डि.सी. , अथितिहरुमा गोबिन्द वली, धनबिर वली, तुफान वली, खडक खड्का, सर्बजित वली, चन्द्र प्रकास वली लगाएत नेकपा माओवादी केन्द्र ६ नं. वडाका सम्पूर्ण वडा समिति सदस्य, पार्टीका सम्पूर्ण साहेक संगठनका अध्यक्षहरु र २०० भन्दा बढि महिला दिदिबहिनीको उपस्थिति रहेको थियो ।
निर्मला वली डाँगीको सभाध्यक्षताबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुनिता डाँगीले गरेकी थिईन ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार