फागुन १७ काठमाडौ – द्वन्द्वका क्रममा जागिर गुमाएकार विस्थापित भएका स्थायी शिक्षकलाई पुनर्बहाली गरिने भएको छ।

पुनरावेदन अदालतले गत २०७३ मङ्सिर २६ गते दिएको प्रतिवेदन अनुसार सोमबार मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा बैठकले ५८६ शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गर्ने निर्णय गरेकाे हाे।

जस मध्ये २३३ शिक्षकको पुनः बहाली, १८ शिक्षकको नियुक्ति, ४१ शिक्षकको हकमा सेवासुविधा तथा २८४ शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने पनि निर्णय गरिएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार