माघ २२ कपिलवस्तु – नगर प्रमुख र वडा अध्यक्ष सहित करिब एक हजार बढी शनिबार कांग्रेसमा प्रवेश गरेका छन।

कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह र साेहि नगरपालिकाका तीन वडा अध्यक्ष सहित अन्य एक हजार भन्दा बढीले विभिन्न दल परित्याग गरि कांग्रेसमा प्रवेश गरेकाे नेपाली कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ। शाह २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगर प्रमुखमा निर्वाचित भएका हुन।

नगर प्रमुख सहित हजार बढी नव प्रवेशिकाहरुलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं.३ का सांसद अभिषेक प्रताव शाह, जिल्ला सभापति अब्दुल कलाम खाँले संयुक्त रुपमा स्वागत गरेका थिए।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार