जतिबेला देशमा सशस्त्र १० वर्षे द्वन्दको शुरूवात भएको थियो। त्यतिबेला म आमाको गर्भमा समेत थिएन। तर जब म ताते ताते गरेर हिड्ने र बाहिरी वातावरणसंग साक्षत्कार गर्ने समय आयो। त्यतिबेला बाटोमा लस्कर बन्दुक सहित माओवादी लडाकु देखिन्थे। कति पटक त मेरै घरमा रंगीबिरंगी कपडा पहिरिएका विभिन्न उमेर समुहका महिला पुरुषहरु आएर आफैनै चुलोमा आगो बालेर खाना पकाएर खान्थे।

हामी केटाकेटीहरुलाई आमाबाबाले एकान्तमा लगेर सम्झाउनु हुन्थ्यो। नानीबाबू सेना आएका थिए भनेर माओवादीहरुले सोधे भने देखेनौ भन्नू भनेर। अनि बाबाआमाले प्रत्येक दिन रेडियोमा समाचार सुन्नु हुन्थ्यो। आज फलानो ठाउँमा दोहोरो भिडन्त भयो।यति जना मरेरे भनेर मन खिन्न बनाउनु हुन्थ्यो।दुनियाँ देख्दा नै बन्दुक सहितका माओवादी देखेको म अनि डर त्रासले भरिपूर्ण मनोविज्ञान। त्यो बेला त केवल डरमात्र लाग्थ्यो। तर समयसङ्गै उमेर बढ्दै गयो।२०६२/०६३ पछि शान्ति सम्झौता भयो।म आफ्नै पढाईमै ब्यस्त थिए।

तत्कालीन १० वर्षे द्वन्द्वको बारेमा अनविज्ञनै थिए। र बुझ्न सक्ने उमेर र क्षमताको पनि वृद्धि भएको थिएन। तर सानै देखि जिज्ञासु स्वभावको म जब महेन्द्र माध्यमिक विद्यालय होलेरीमा उच्च शिक्षा अध्यन गरे। त्यहीँ बिचमै सञ्चारकर्ममा जोडिए।किशोर अवस्था थियो समाचार संकलन गर्न दैनिक फिल्डमा खटिन्थे शरीरमस बढ्दो उर्जा शक्ति थियो।फुर्सदको समयमा चिया चौतारीमा विभिन्न क्षेत्रका मानिसहरु बसेर गफिएको देख्थे। अनि मलाई पनि नजिकै गएर बस्न मन लाग्दथ्यो।छेउमै गएर बस्दथे।अनि ध्यान पुर्वक उनिहरुका कुरा सन्दथे।

माओवादी द्वन्दले मुर्त रुप लिन सकेन।हजारौंका ज्यान लियो। समाजवाद,साम्यवाद आश्वासन थियो उनिहरुको भनेको सुन्दथे। त्यसपछि म खोजीखोजी माओवादी कार्यकर्ताहरुको नजिक पुग्न प्रयास गरे उनहरुका गफ सुन्न थाले हाम्रो क्रान्तिले धेरै परिवर्तन गर्यो मुलुकमा गणतन्त्र स्थापना गर्यौँ।पुजीवादी ब्यबस्थाको न्यूनीकरण गर्यौँ। वैज्ञानिक समाजवाद स्थापना हुन्छ एक्दिन ।वर्ग संघर्षको अन्त्य हुन्छ। यस्तै शव्दहरु सुने उनिहरुको मुखबाट त्यसपछि मेरो मनमा कौतोहलता जाग्न थाल्यो।

उनिहरुले प्रयोग गरेका शव्दहरुको अर्थ के रहेछ।भन्ने जिज्ञासाले सतायो। त्यसपछि मेरो नजिकैको चिनजानको एक जना कम्युनिस्ट नेतालाई प्रश्न गरे दाई क्रान्ति,समाजवाद यि शव्दहएरुको अर्थ बुझ्न के गर्नुपर्छ।उहाँले मुस्कुराउँदै भन्नुभयो यो केटो कम्युनिस्ट बन्ला ए।त्यसपछि उहाँले कार्ल माक्र्सको पुस्तक अध्यन गर्नु बाबू त्यसपछि अरु आफै बुझ्दै जानेछौँ भन्नू भयो।नाम पनि लेखेर दिनुभयो।त्यो किताब पढ्न आतुर भए तर स्थानिय बजारका पुस्तक पसलमा सोधेपनि तर पुस्तक पाइएन।अनि दाङमा बस्ने मेरो भाईलाई फोन गरेर भने भाइ मलाई यो नामको पुस्तक किनेर पठाईदेउ न भनेर।त्यसको ३ दिन पछि भाईले मलाई उक्त पुस्तक किनेर पठाइदिए।अनि मैले घोरिएर,गहिरिएर पुस्तक अध्यन गरे।

कार्ल माक्र्स जर्मनी दार्शनिक रहेछन्।उनले बर्गसंघर्षको अन्त्य गर्न सिद्वान्त प्रतिपादन गरेका रहेछन्।समाजलाई विभिन्न युगमा बाडेर हेरेका रहेछन्।समानताका लागि संघर्षको विभिन्न शुत्रहरु प्रतिपादन गरेका रहेछन्।त्यस पुस्तकबाट मैले क्रान्ति,पुजीवाद,समाजवाद र साम्यवाद लगाएतका परिभाषाहरु बुझ्ने अवसर पाए।त्यसपछि मनमा अझै जिज्ञासा पलाउदै गयो।लेलिन,स्टालिन,माओ लगाएतका बारेमा पनि पुस्तकहरु खेजेर अध्यनमा जुटे।त्यसपछि रुसी क्रान्ति,चिनियाँ लगएतका क्रान्तिहरु पनि अध्यन गर्दै गए।हाम्रो मुलुकमा छेडिएको १० बर्षे द्वन्द्वको पनि गहिरो अध्यन गर्न शुरु गरे।त्यसपछि तुलना गरे माओवादीका नेताहरुले त्यो बेला उठाएको एजेन्डा नितान्त जायज रहेछ भन्ने मनन गरे।

घरमा कमाएर ल्याउँएर साझ बिहानका छाक टार्ने छोराछोरी द्वन्दमा बिनाकारण शहिद बन्न पुगेका परिवारको बढ्दो गरिबी सम्झिए।बजारमै ठुल्ठुला दरबार जस्ता भवन ठड्याएर बसेका सर्वहाराका उनै नेताहरूलाई देखे अनि आँखाबाट आँसु झर्यो,मनमा क्रोध उत्पन्न भयो।जसोतसो सम्हाल्ने प्रयास गरे आफुलाई।तर हामी जस्ता युवाले हिसाब खोज्नै पर्दछ भन्ने मनमा अठोट संकल्प ल्याए।युद्ध लड्नु भयो,लडाउनु भयो।

कयौं काखाहरु रित्याउनु भयो।कयौं बालकहरुलाई टुहुरो बनाउनु भयो।ल माने राजा पनि फाल्नु भयो।तर सर्वहारा बर्गका लागि लडेको तपाई गरिबीलाई झनै मारेर राजा बन्न युद्ध लड्नु भएको हो?मलाई १० बर्षे द्वन्दको हिसाब चाहियो कमरेड।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार