आजको समयमा सबैभन्दा आबश्यकता ज्ञान सिप र संस्कारको हो। ब्यक्ति अनुसार दैनिक जिवनमा सबैका भिन्दा भिन्दै आवश्यक्ता होलान,हुुन्छन नै।

एक पटक गहिरिएर सोचौैँ त के समृद्द समाज निर्माणका लागि बर्तमान अवस्थामा गाउँ,समाज समृद्ध बनाउँने अविभारा बोकेका स्थानिय सरकारहरुका क्रृयाकलाप र गतिधी पर्याप्त छन् त,समाजवादको बाटोमा छौँ हामी भनेर केन्द्रिय नेता देखि टोले नेतासम्मले कान फुट्ने गरि भाषण गरेको अननिन्ति सुनेका छौँ हामीले रोल्पाका चौरहरुमा।तर सधै एउँटै प्रश्नले सताउँने गर्दछ। अधिकार नपाए खोसेरै भएपनि प्राप्त गर्नू पर्ने लोकतात्रिक व्यवस्थामा पनि केवल मतदाता र भाषाण सुन्ने काममा लागि मात्र प्रयोग भईुरहेका मेरो ठाउँका सोझासाझा सर्बसाधारण सबै जनताले साच्चिकै समाजवाद वा पुँजिवादी नेताहरुले प्रयोग गर्ने भाषा बुझछन् होला त सायदै एसको जवाफ सबैले बुझदैनन् भन्नेननै आउँछ। यसमा दुईमत छैन।

नेताको भाषण सबैलेले बुझनै पर्छ भन्ने छैन।तर महत्वपुर्ण कुरो त यो हो कि जनताले पाउँनु पर्ने मौलिक अधिकार सबैले पाएका छन् त,गाउँगाउँमा डोजर चलाएर मात्र नागरिकलाई सबै पुगि सक्यो त,आजको समयको माग भनेको नागरिकलाई पर्याप्त चेतना दिन सक्नु हो।पुस्तौ देखि खेति गर्दै आएका कृषकको उत्पादनमा बृद्धि गर्न स्थानिय सरकारले कृषिमा आधुनिकताको अभ्यास गरेको पाइदैन। चित्त बुझ्दो र सन्तोषजनक कार्य प्राय स्थानिय तहका छैनन्।सबै भन्दा जानकार रहेको तत्कालिन १० बर्षे द्धन्दको उद्धगम थलो रोल्पाको रुन्टिगढी गाउँपालिकाको ४ बर्ष भित्रको गतिबिधीले नागरिकको जिवनस्तरमा कस्तो परिबर्तन ल्याउँन सकेको छ भन्ने बिषयलाई प्रत्यक्ष रुपमा लामो समयेखि प्राथामिकताका शाथ शुक्ष्म रुपले अध्यन गर्दै आएको छु।`गाउँगाउँमा सिंह दरबार´भन्ने नाराका शाथ मुलुकमा करिब २० बर्षपछि स्थानिय तहको निर्बाचन भएको थियो।

जनतामा पनि त्यस्तै परिबर्तनको आशाका किरणहरु पलाएका थिए।भौगोलिक बिकट्ता तर कृषीका लागि उर्बर रहेको भरिपुर्ण रुन्टिगढी गाउँपालिकामा किसानहरुको दैनिकी ज्युका तिउ रहेको किसानहरुका दुखेसो सुनिन्छ। समयमा मल पाइदैन।बालिनालीमा रोग लागेर स्वाहा भयो।उत्पादन भएर के गर्नु तरकारीले बजार पाएन।बिदेशिनुको बिकल्प रहेन यस्ता थुप्रै कुराहरु किसानहरुका बारीमा पुग्दा प्रायका मुखबाट दु:खका शव्दहरु गुन्जन्छ्न्। अहिले गाउँपालिकामै कृषि शाखा छ।आवस्यक जनशक्ति समेत छ।तर उनिहरुले प्रत्येक साता वा महिनामा किसानहरूको भेला गरेर समस्या बुझेर समाधानतर्फ लागेर किसानको शाथी बन्न सक्नु पर्ने हो।तर बिडम्बना सम्बन्धित कर्मचारीहरुको जागिर र जिम्मेवारी कुर्सीमा मात्र सिमित रह्यो।

जलश्रोतको दोश्रो धनी मुलुकमा २१ औँ शताब्दीमा समेत कृषिमा आधुनिकिकरण हुन नसक्नु दु:खद पक्ष हो।गाउँगाउँ भित्र स्वास्थसंग जोडिएका अनेकौं समस्याहरु छन्। विशेष गरि प्रजनन स्वास्थ्यसंग सम्बन्धित कुराहरूमा मानिसहरु खुल्न सकेका छैनन्। जन्मदर उच्च छ, ब्यक्तिगत सरसफाइका कुराहरु छन्। महिला हिंसा,घरेलु हिंसा,लैङ्गिक हिंसा,बालविवाह बढ्दो छ।यस्ता कयौं ब्यथितीहरु लुकेका छन्। जसले सभ्य र समृद्ध समाज निर्माणमा पछाडी ढकेलीरहेको छ। महिला तथा बालबालिका शाखा,स्वास्थ्य शाखा,शिक्षा शाखा लगाएतका शाखाहरुले सक्रियता देखाउनु पर्ने हो तर अपेक्षा अनुसारको गतिविधि र सक्रियता पाउन सकिएन।कुनै पनि ठाउँको बिकास गर्न ठुला भाषणको होइन ससना समस्याहरुको समाधान गर्न जरुरी हुन्छ। हामी कहाँ ठिक उल्टो संस्कार छ

सभ्यताको लडाई लड्नु पर्ने समयमा सर्वसाधारण जनताहरुले साझ बिहानको छाक टार्न,समाजलाई सचेतनाको मार्ग देखाउन नसक्नु दु:खद कुरो हो।गत बर्ष ईलाका प्रहरी कार्यालय होलेरीको सक्रियताले १९ जोडि बालबिबाह छुटाएर शुरक्षित भविस्य तर्फ प्रेरित गरेको थियो। रुन्टीगढी र त्रिवेणी गाउँपालिकाका गाउँ तथा बजारहरुमा प्रहरीले समयसमयमा महिलाहरुलाई भेला गराएर शसक्त बनाउने अभ्यास गरेको थियो। जुन कार्यक्रम निकै प्रभावकारी बन्दै गएको थियो।यी दुई पालिकाका प्रत्येक बिद्यालयहरुमा पुगेर बिद्यार्थीहरुलाई लागू औंषधी दुर्व्यसनी, ओसारपसार, बालबिबाह, बलात्कार लगाएत विरुद्ध कक्षा नै दिने गरेको थियो।तर तत्कालीन ईप्रका होलेरीका प्रमुख प्रहरी निरिक्षक शंकर खड्का सरुवा भएर गएपछि अभियान ओझेलमा पर्यो।

स्थानिय सरकार केवल मुख दर्शक बन्यो। तर यस्ता अभियानलाई निरंतरता दिन भने सकेन।स्थानिय तहको आगामी निर्वाचन नजिकैदै छ।तर स्थानिय तहका जनप्रतिनिधि देखि कर्मचारीसम्मलाई औपचारिक कामकारबाही भन्दा अरुको वास्ता छैन।जसलाई स्थानिय सरकारले गम्भीर समिक्षा गर्न आवश्यक छ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार