पुस २५, कैलाली – नेकपा एमाले कैलाली जिल्ला समितिको नेतृत्व चयनका क्रममा विवाद हुँदा झडप भएको छ ।

निर्वाचन समितिले पटक-पटक निर्वाचनको कार्यतालिका पछि सारेपछि दुई पक्षका उम्‍मेदवारहरुबीच झडप भएको हो ।

प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्‍यक्ष एवं अध्‍यक्षका उम्‍मेदवार रतन थापा र अध्‍यक्ष पदका अर्का उम्‍मेदवार रणबहादुर चन्द पक्षबीच झडप भएको हो ।

झडपमा युवाहरुले मतदानका लागि बनाएका मतपेटिका फालिदिएका छन् भने मतपत्र छरिदिएका छन् । झडपपछि कैलालीको निर्वाचन अनिशचित भएको छ ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार