मंसिर १२, सल्यान – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बन्गाड कुपिण्डे नगरपालिकाको कमिटी गठन पनि सर्वसम्मत चयन भएको छ ।
जसको अध्यक्षमा कृति बहादुर राना, उपाध्यक्ष मोमत रोका, विर बहादुर बुढा र कुल बहादुर पुरी, सचिव दुर्गा बहादुर बुढाथोकी, सह-सचिव जीवन सिहं ठकुरी र कोषाध्यक्षमा मञ्जु यरी सहित ६५ सदस्यीय नगर कमिटी बनेको छ ।

यससँगै सल्यानका ९ स्थानीय तहमा नेकपा माओवादी केन्द्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरि सम्मेलन सम्पन्न गरेको छ भने बागचौर नगरपालिकामा भोलि टुङ्गो लगाउने गरि छलफल भैरहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार