मंसिर १२, सल्यान – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अन्तर्गत छत्रेश्वरी गाउँपालिमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ ।
मंसिर ११ गते उद्वघाटन भएको सम्मेलनको बन्दसत्र पनि हिजो नै भएको थियो । जनसहरा अनलाइन सँग कुरा गर्दै त्यहाँबाट हार्दिक मल्लले हिजो देखि आज बिहान करिब ३:२८ बजेसम्म बसेर छलफल गरि नेतृत्व चयन गरि टुङ्ग्याएको बताएका छन ।
जसमा अध्यक्ष प्रेम बहादुर खडका, उपाध्यक्ष धुर्वराज भण्डारी, प्रेमलाल घर्ती र गणेश भारती, सचिव हिमाल यात्री, सह-सचिव प्रेम बहादुर नेपाली, काेषाध्यक्ष गितान्जली भण्डारी सहितको ५५ सदस्यीय कमिटी बनेको छ । यो सँगै नेकपा माओवादी केन्द्र सल्यानका १० स्थानीय तहमध्ये ७ वटा पालिकाहरुमा सर्वसम्मत नेतृत्वमा चयन भैसकेको छ भने बाँकी ३ पालिका बन्गाड कुपिण्डे, बागचौर नगरपालिका र कुमाख गाउँपालिकाको भने आइतबार अर्थात आज बन्दसत्र रहेको छ ।