मंसिर ४ सल्यान – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौर नगरपालिका वडा नं. ९ को दोस्रो वडा सम्मेलन आज सम्पन्न भएको छ । पार्टीको देशैभरी आज वडा सम्मेलन गर्ने निर्णयानुसार बागचौर नगरपालिका वडा नं.९ मा पनि सर्वसम्मत २४ सदस्यीय वडा कमिटी चयन भएको छ ।
जसमा अध्यक्ष प्रेम प्रकाश शर्मा, उपाध्यक्ष पविता शर्मा, सचिव प्रकाश डाँगी, सह-सचिव लक्ष्मी दमाई, कोषाध्यक्षमा कमल डि.सी रहेका छन । यस्तै सदस्यहरुमा प्रेम ब. वली, कविराम खड्का, लोक ब. वली, धनसरा डाँगी, लिला डाँगी, खगेन्द्रराज वली, सरोज डाँगी, रिपेन्द्र कुमार डाँगी, लोक ब.डाँगी, टेक ब.वली, थलराज गिरी, रमेश डाँगी, निमराज वली, खुम ब.खड्का, होती ब.डाँगी, धन कुमारी डाँगी, टिकाराम डाँगी, रुद्र ब. वली, सीता वली डाँगी रहेका छन ।