मंसिर ४, सल्यान – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सल्यानको दुई प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको थियो । जसमध्ये प्रदेश सभा ‘ख’ को मत परिणाम सम्पन्न भएको छ ।
प्रदेश सभा ख मा सुरेश अधिकारी र वीर बहादुर सेजवाल बिच प्रतिस्पर्धा भएको थियो जहाँ ४२ मतको अन्तरले सेजवालले पराजय व्यहोर्नुपरेको छ ।
प्रदेश सभा ख को निर्वाचनमा जम्मा ५९९ मत खसेको थियो । उक्त निर्वाचनमा सुरेश अधिकारीको सम्पुर्ण टिमनै बिजय भएको छ । मत परिणाम हेर्दा सभापति सुरेश अधिकारी ३१२, उपसभापती गिरिराज ओलि ३१५, रिषी राम खत्री २६९, सचिव अनिल सिह २८१, श्याम कृष्ण महातरा २९५, सह-सचीव प्रीयबत्र श्रेष्ठ ३०१, होमसिङ बोहरा २९८ रहेको छ भने विपक्षी टिमका सभापति वीर बहादुर सेजवाल २७०, उपसभापति पेशल सिङ डाँगी २१४, पुर्ण बहादुर भण्डारी २४७, सचिव शोभाकर राणा २४८, मेघ राज भण्डारी २६२, सह-सचीव ढाक बहादुर चन्द २४०, रोहित देबकोटा २३१ रहेको छ ।
यस्तै प्रदेश सभा `क´ को मत गणना भैरहेको र अन्तिम परिणाम आउन केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।