मंसिर २ काठमाडौँ – राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ १२ गते हुने भएकाे छ। हालका राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल पूरा गरी आगामी फागुनमा रिक्त हुने १९ सिटका लागि निर्वाचनको मिति तोकिएको हो । भने एक सिट भने राष्ट्रपतिबाट मनाेनित हुने व्यवस्था छ।
संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अघि नै निर्वाचन गरिसक्नु पर्ने व्यवस्था गरे बमोजिम निर्वाचन आयोगले सरकारलाई माघको दोस्रो साताभित्र निर्वाचन गर्न प्रस्ताव गरेकाले मन्त्रीपरिषदले निर्वाचनको मिति तय गरेकाे हाे।