मसानघाटमा चिता माथि लमतन्न
सुतिरहेको मानव लाशले
बिस्तारै टाउको उठायो र हेर्यो
ओहो त्यहा उसका आफन्त थिए
ठूला नेता थिए,मन्त्री थिए,
उद्योगपति थिए,व्यापारी थिए
न्यायाधिश थिए,आईजी थिए
ठेकेदार थिए,सचिव थिए
पत्रकार थिए,युटुबर थिए
कलाकार थिए ,सामाजिक अभियन्ता थिए
फेरि लाशले बिस्तारै टाउको सुतायो
मलामीहरु कसरी चांडै जल्छ भनेर
मट्टितेल खन्याउदै थिए
घिउ खन्याउदै थिए
तोरी खन्याउदै थिए
कोहि बांसका घोचाले घोचीरहेका थिए
फेरि टाउको उठायो
उसले सोध्यो मलाई पोल्न
कति ठाऊं कति दाउरा घिऊ खर्चेऊ?
अझै कति समय लाग्छ मलाई पोल्न?
फेरि मलामीलाई भन्यो
ल हेर आज म हावामा बिलिन हुदैछु
मसंग सम्पत्ति थियो
हात मेरा रित्तै छन्
लुटेको जग्गा थियो
घाटमा चार हातमा चित्त बुझाउनु पर्यो
परिवार थियो एक्लै छु
महल खडा गरें
ओसिएका मुढमा सुत्नु पर्यो
बान्धवलाई तड्पायं
बांसले घोचिरहेछन्
गरिबको गाँस लुटे
म भोकै छु
अब बिलिन हुन्छु म
मेरा मलामीले खिर पुरी
हस्याङ्फस्याङ् निलिरहेका छन् उ
म यता धुंवा बन्दैछु
तैपनि सम्पत्ति कमाउन
कसैलाई नमार
भोलि तिमीलाई पनि
यसैगरी घोच्नेछन् बांसका घाराले
नलुट
आखिर जानू रित्तै पर्दो रहेछ।।।

देवि काफ्ले

काठमाडौ , हाल न्युजिल्यान्ड

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार