चैत १४ रोल्पा – नेपाल कम्युनिस्ट पार्टी माओवादीकाे युवा संगठन वाइसीएल नेपाल रुन्टीगढी गाउँपालिकाले सोमबार नियमित बैठक सम्पन्न गरेको छ।
नेकपा माओवादीका प्रदेश कमिटी सदस्य गोबिन्द पुन(नजर) काे प्रमुख आथित्यतामा एवम वाइसीएल रुन्टीगढीका अध्यक्ष क्षितिज मगरको अध्यक्षता सम्पन्न कार्यक्रममा निबर्तमान जिल्ला समन्वय समिति उपप्रमुख बिमला बुढा थापा,नेकपा माओवादी रुन्टीगढी अध्यक्ष लगाएत सयौं युवाहरूको सहभागीता कार्यक्रममा संगठनलाई कसरी सुढृडिकरण गर्न सकिन्छ भन्ने छलफल भएको अध्यक्ष मगरले बताए।
संगठन बलियो बनाएर जनताहरुको हरेक समस्या समाधान गर्न आफुहरु लागि पर्ने मगरले बताए। बैठकले चैत १९ गतेबाट विभिन्न नेता कार्यकर्ताहरुको उपस्थितिमा रुन्टीगढी गाउँपालिकाका ९ वटै वडाहरुमा सांगठनिक कार्यक्रम गर्ने निर्णय गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सदस्य पुनले स्थानिय स्तरमा हुने अनियमितता,विभेद,भ्रष्टाचार जस्ता गतिविधिहरुको सुक्ष्म रुपले अध्यन गरेर त्यसलाई खबरदारी गर्न सबै वाइसीएलहरु एकजुट बन्न निर्देशन दिएका छन। मुलुक परिवर्तनमा आफुहरुको ठुलो योगदान रहेकाले वाइसीएल अब तात्न पर्ने उनको भनाई रहेको थियो।एकएक गतिविधिको भण्डारफोर गर्न सबै वाइसीएल शसक्त बन्नु पर्ने प्रदेश सद्स्य पुनको निर्देश रहेको छ।