फागुन २६, सल्यान – देशभर यतिबेला स्ववियु निर्वाचनका लागि माहोल तातिरहेको छ ।
यसै सन्दर्भमा सल्यानमा पनि स्ववियु निर्वाचका लागि जिल्लामा रहेका क्रियाशील विभिन्न दल संवद्व विद्यार्थी संगठनहरुले जिल्लाभित्र रहेका क्याम्पसहरुमा भागबन्डा गरेर अगाडि बढ्ने सहमति गरेका छन ।
जस अन्तर्गत जिल्लामा कृयाशिल विभिन्न दलका विद्यार्थी संगठनहरुको सहमति अनुसार अखिल क्रान्तिकारी (माओवादी केन्द्र निकट) संगठनले सभापति पदका लागि जनकल्याण क्याम्पस थारमारे, बनगाड क्याम्पस बनगाड, फारुला बहुमुखी क्याम्पस फारुला लिने सहमति भएको हो ।
यस्तै ने.बि.संघ (काङ्ग्रेस निकट) विद्यार्थी संगठनले शिवजन क्याम्पस सितलपाटी र संखमुल क्याम्पस लिने भएको हो ।
त्यस्तै अनेरास्ववियु (एमाले निकट) संगठनका लागि सल्यान बहुमुखी क्याम्पस खलंगा, अनेरास्ववियु (समाजबादी निकट) संगठनले कपुरकोट बहुमुखी क्याम्पस कपुरकोट लिने सहमति भएको हो । अन्य पदाधिकारी सहित सदस्यहरुका लागि यी ४ संगठन लगायत अखिल क्रान्तिकारी विप्लव संगठन र राप्रवि संघ नेपाल सहित मिलाएर जाने निर्णय भएको हो ।
जिल्लास्तरका सबै दलका नेता र विद्यार्थी संगठनबिच भएको सहमतिमा जिल्लाका सबै क्याम्पसमा गठबन्धन गरेर जाने सहमति भएको हो । तर यो निर्णय मान्ने नभएको भन्दै ने.वि.संघ बागचौर इकाई समितिले भने एकल निर्वाचन लड्ने भनी विज्ञप्तिसँगै उम्मेदवार नाम समेत सार्वजनिक गरिसकेको छ ।
ने.वि.संघ बागचौरले सहमतिलाई नमानेर एक्लै चुनाव लडेर जाने घोषणा गरिसकेको र अब अखिल क्रान्तिकारी संगठनले ने.वि.संघलाई सहयोग गरेर जान्छ या फरक निर्णय हुन्छ भन्ने विषयमा जनसहारा अनलाइनसँगको कुराकानीमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज राजेन्द्र भण्डारीले जिल्लाका आधिकारिक संगठका प्रमुखहरुसँग बसेर गरिएको सहमति भएको हुँदा आधिकारिक सहमितलाई नै मानेर अगाडि बढ्ने बताए ।
उनले संगठनका बिरुद्ध लाग्ने जो कोहीलाई संगठनले कार्वाही गर्ने भएकोले संगठनको सहमति मान्नकै लागि प्रतिबन्ध लगाउने जनाए ।
अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज समेत रहेका भण्डारीले प्यानलको उम्मेदवारी स्वतन्त्र नहुने बताउँदै संगठनको निर्णय सबैलाई संगठनका विद्यार्थीलाई आग्रह गरे । उनले जिल्लाका सबै संगठका अगाडि स्वतन्त्र उम्मेदवारले केही असर नपार्ने समेत बताए ।