मंसिर २७ काठमाडौ – गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा सल्यानकाे कालिमाटी गाउँपालिकाकी उपाध्यक्ष सनसिल्ता वली पनि भएकि छन।

वली नेकपा एमालेबाट निर्वाचित भएकि हुन। उनी अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सदस्य, एमाले सल्यान जिल्ला कमिटी सदस्य र कालिमाटी गाउँ कमिटी सह-इन्चार्ज समेत हुन।

काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट दलीय प्रतिनिधिका आधारमा नयाँ नेतृत्वका लागि राजनीतिक दलबीचबाट भएको भागवण्डा अनुसार अहिले पदाधिकारी चयनकाे काम चलिरहेको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार