मंसिर ८ काठमाडौ – जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता समेत रहेका ज्ञानेन्द्र शाही विजयी भएका छन् ।

शाहीले २२ हजार ८१९ मत लिएर विजयी हुदा गठबन्धनबाट उम्मेदवार बनेकि नेकपा माओवादी केन्द्रका गोमा गौतमले ११ हजार ९५९ मत पाएकि छन। शाही १० हजार ८६० बढी मतान्तरले विजयी भएका छन। यस्तै नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार