मंसिर ७ काठमाडौ – दुई प्रदेश सभा रहेको राेल्पामा प्रदेश सभा -२ बाट माओवादी केन्द्रका बागी उम्मेदवार धारा चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार पुन `सिजल´ ४,५२१ मतान्तरले विजयी भएका छन।

सिजलले १४,९२७ मत लिइ विजयी हुदा उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले १०,४०६ मत पाएका छन ।

सिजल २०७४ काे निर्वाचनमा पनि साेहि क्षेत्रबाट माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार