असाेज २९ राेल्पा – नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुन `अनन्त´ले विभिन्न कारणले राम्रोसँग छलफल हुन नसक्दा जिल्लामा गठबन्धन विरुद्ध बागी उम्मेदवारी परे पनि अब त्याे हटाउने प्रक्रियामा रहेको बताएका छन।
गठबन्धनबाट रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका पुनले लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाले शनिवार सदरमुकाम लिबाङ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय सुशिल कोइराला स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उक्त धारणा राखेका हुन।
आफू पार्टीको विभागिय र गठबन्धनकाे पटकपटककाे बैठकका कारण यता जिल्ला संग सम्पर्कमा जाेडिन नसक्दा र नेता दिपेन्द्र कुमार पुन ‘सिजल´ संग समेत फाेन संवादमा सम्पर्क हुन नसकेपछि कार्यकर्ताकाे भावना अनुसार बागी उम्मेदवारी परेको बताएका हुन।
अहिले सिजलले पार्टी र गठबन्धनले गरेको निर्णय मान्न तयार रहेको सकारात्मक प्रतिक्रिया दिएकाे र गठबनधनलाई सघाउन सिजलले बागी उम्मेदवारीबाट पछि हटेर गठबन्धनको मर्म अनुसार याे निर्वाचन सफल बनाउन संगै लाग्ने समेत वर्षमानले दाबी गरेका छन।
याे निर्वाचन माहुल सुरु भए यता भर्खरै शनिबार मात्रै सिजल संग आफ्नो भेट भए पनि अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ संग भने सिजलकाे निरन्तर संवाद भइरहेकाले बागी उम्मेदवारीबाट सिजल पछि हटेर गठबन्धन संगै अघि बढनेमा आफू विश्वस्त रहेको बताए। वर्षमानले भने ; ‘आज बिहान मात्रै हाम्रो भेटभयो अध्यक्ष कमरेड प्रचण्डसँग पनि सिजल जीको कुरा भएको छ। उहाँले म पार्टीमै बस्छु र पार्टीको निर्णय मान्छु भन्नु भएको छ।’
राेल्पा मात्रै याे समस्या नभइ देशैभरका स्थानीय तहमा याे समस्या रहेकाे अवस्थामा गठबन्धन हुन्छ कि हुँदैन भन्ने अन्यौलताका बिच देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल हुदै गर्दा राेल्पाका जस्ता उदाहरण धेरै भएको र अहिले विस्तारै छलफल मार्फत साझेदारीमै अघि बढने गरि गठबन्धनले निरन्तर छलफल गरिरहेकाे बताएका हुन।
गत स्थानीय तह संग तुलना नगरि सबै नेता कार्यकर्ता गठबन्धनको मर्म अनुसार अघि बढन समेत पुनले आग्रह गरेका छन। शान्ति प्रक्रियाका मुख्य दुई साझेदार दल नेपाली काँग्रेस र माओवादीको सहकार्य बिना शान्ति प्रक्रिया भएको स्मरण गराउदै दुई दलको अगुवाईमा संक्रमणकालिन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन अब गठबन्धनको विकल्प नरहेको समेत उनकाे जाेड छ।
पुनले भने,“कुनै बेला लडाइँ प्रधान थियो, हामी दुई ध्रुव जस्ता भएर लड्यौं, बिचमा प्रतिस्पर्धा आवश्यक थियो प्रतिस्पर्धा गर्याैं, अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौं ”
त्यसैगरी प्रदेश सभा ‘क’ का गठबन्धनका साझा उम्मेदवार जोखबहादुर महराले गठबन्धनकाे निश्चित उद्देश्य रहेकाले नेता कार्यकर्ताले मेराे तेराे पार्टी भनेर विगतलाई तुलना गर्नुभन्दा भाेलिकाे अवस्था मध्यनजर गरेर एकसाथ अघि बढन र गठबन्धनकाे मुर्तरुप खडा गर्न आग्रह गरेका छन।
गठबन्धनका तर्फबाट रोल्पा प्रदेशसभा ‘ख’ का उम्मेदवार तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धन केन्द्रबाटै भएकाले कार्यकर्ताहरुमा आक्रोस आउनु भन्दा जिल्लाकाे विकास र समृद्धिका लागि अन्य दलहरुसँग पनि सहकार्य गर्नुपर्ने अवस्थामा कार्यकर्ताले विराेध मात्रै नगरी सहजता तिर पनि हेर्नू पर्ने बताएका छन।
गठबन्धनको निर्णय प्रति असन्तुष्ट जनाउँदै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, घाईते अपाङ्ग संगठन, अपाङ्गता संगठन नेपालको केन्द्रीय फ्याक्सन र राेल्पा जिल्ला ईन्चार्जकाे जिम्मेवारीमा रहेका दिपेन्द्र कुमार पुन `सिजल´ले राजिनामा दिदै स्वतन्त्र उम्मेदवारी दिएपछि यतिबेला राेल्पामा माहुल तातिरहेको छ।
यतिबेला नेता वर्षमानकाे प्रतिक्रिया अनुसार सिजल स्वतन्त्र उम्मेदवारीबाट पछि हटलान वा प्रतिकारमै उत्रेलान भन्ने थप चासाेकाे विषय बनेकाे छ। पार्टी भित्र जिल्लामा वर्षमानकाे मुख्य पात्र मानिने सिजललाई अब वर्षमानले के `ललिपप´ दिएर फकाउछ भन्ने कार्यकर्ताकाे चासाे समेत बढेको छ।