असाेज २ सल्यान – नेकपा माओवादी केन्द्रकाे प्रमुख भातृ संगठन वाइसीएलकाे कर्णाली प्रदेश संयोजकमा सल्यानका शाेभाराम भण्डारी चयन भएका छन।
दाेस्राे राष्ट्रिय भेलापछि शनिबार बसेकाे पदाधिकारी बैठकले संगठनात्मक कार्य विभाजन अनुसार वाइसीएल केन्द्रीय सदस्य समेत रहेका भण्डारीलाई प्रदेश संयाेजककाे जिम्मेवारी दिइएको हाे।
भण्डारी माओवादी केन्द्र सल्यान बागचौर नगर कमिटी सल्यानका अध्यक्ष समेत हुन।