भदौ ३१ पाल्पा – एक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गर्ने ४ जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा पाल्पा माथागढी गाउँपालिका -५ बस्ने २१ वर्षिय यामबहादुर सारु, साेहि ठाउँका १९ वर्षिय सुन्दर थापा घर्ती मगर, २१ वर्षिय याेगेन्द्र चौहान र २१ वर्षिय पारस रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
भदौ २८ गते राति करिब साढे १० बजेतिर उनिहरुले नवलपरासी पश्चिम बर्दघाट नगरपालिका -१० घर भई हाल पाल्पा माथागढी गाउँपालिका -५ दमारमा रहेकाे सृजना प्राथमिक विद्यालयकका प्रधानाध्यापक ५४ वर्षिय हरि प्रसाद न्यौपानेलाई कुटपिट गरेकाे आराेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
प्रधानाध्यापक न्यौपाने माथि कुटपिट भएको भन्दै आफन्तले प्रहरीमा जाहेरी दिएपछि उनिहरुकाे खाेजिकार्य थालेकाे प्रहरीले पक्राउ गरि जिल्ला अदालतबाट म्याद थपगरि हिरासतमा राखेर अनुसन्धान गरिरहेकाे प्रहरी नायव उपरीक्षक थापाले बताए।