साउन २४ काठमाडौ – आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ।
आयाेगकाे सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको आयाेगले जनाएको छ। जस अनुसार असोज २ र ३ गते दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्ने असोज ११ गते निर्वाचन अधिकृतहरू नियुक्त, असोज २१ गतेभित्र निर्वाचन अधिकृत कार्यालय स्थापना र असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता, कात्तिक २७ मा मतपत्र ढुवानी र मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने र समानुपातिकका लागि साउन ३० गते नै कार्यालय स्थापना गरिने आयाेगले जनाएको छ।