असार १७ काठमाडौ – रवि लामिछाने सभापति रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगले दर्ता गरिदिएकाे छ।
दल विशेषमा स्वतन्त्र शब्द राख्न नहुने भन्दै यसअघि आयाेगमा उजुरी परेपनि आयाेगले शुक्रबार पार्टीले प्रस्ताव गरेकाे नाम र चुनाव चिन्ह स्विकार गर्दै पार्टीका सभापति लामिछानेलाई चुनाव चिन्ह गोलाकार भित्रको घण्टी कायम हुनेगरी दल दर्ताकाे प्रमाणपत्र दिएको हाे।
दल दर्ता पछि उक्त पार्टीले भनेकाे छ; `परिवर्तनको पहिलो खुड्किलो उक्लियौं, अब शिखर चढ्नु छ ! निर्वाचन आयोगले नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिन्ह ‘गोलाकारभित्र घण्टी’ स्वीकृत गरेको सुनाउन पाउँदा खुसी छौं । निर्वाचन आयोगप्रति हार्दिक आभार । पार्टी घोषणाको दिनदेखि आजसम्म तपाईंहरूले देखाउनुभएको माया र सद्भावका लागि हामी सधैं ऋणी छौं।
अब जान्नेलाई छान्ने।´