भदौ ६ रोल्पा – जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि गरेकाे तालाबन्दी साेमबार बाट खाेलिने भएकाे छ।
क्याम्पस प्रशासन र आन्दाेलनरत विद्यार्थी मञ्च बिच गत श्रावण २५ गते भएकाे छलफलबाट १४ वटा मागहरुकाे सम्बाेधन सहित कार्यनयन गर्न क्याम्पस प्रशासन सकारात्मक देखिएपछि ताला खाेलिएकाे साझा विद्यार्थी मञ्चका अध्यक्ष याेगेन्द्र अनुपम जिसीले बताए।
विषयगत उपप्रध्यापक तथा आवश्यक कर्मचारीको व्यवस्थापन लगायत केन्द्रसँग सम्बन्धित ३६ बुँदे तथा छात्रवृत्ति वितरण, कोरोनाको अवधिमा लिइएको शुल्क फिर्ता लगायत स्थानीय आठबुदे माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी गत श्रावण १८ बाट अनिश्चितकालका लागि तालाबन्दी गरेका थिए।
उक्त क्याम्पसमा गठित साझा विद्यार्थी मञ्चले मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका लागि विभिन्न क्रियाशील विद्यार्थी सङ्गठनले राखेका ३६ बुँदे मागमा स्थानीय ८ बुँदे माग थप गरी क्याम्पस अनिश्चितकालका लागि ठप्प पारेकाे थियाे।