सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएका राेल्पाका एक फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

रोल्पाको त्रिवेणी गाउँपालिका–५ सिम्ला निवासी अन्दाजी ३२ वर्षीय लाल बहादुर के.सी.लाई खोजतलासका क्रममा काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

धादिङ जिल्ला अदालतको मिति २०७७ पुस २८ गतेको फैसलाले उनलाई १ वर्ष ११ महिना ४ दिन कैद सजाय सुनाएको थियो। फैसला पश्चात फरार रहेका के.सी. काठमाडौंमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिई जेठ १० गते बिहान जिल्ला प्रहरी कार्यालयमा राेल्पा ल्याईएकाे हाे।

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार