नेपाल प्रहरी मा ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले शुक्रबार १४९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार संगठनभित्रको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन, आवश्यक जनशक्ति व्यवस्थापन गर्न तथा विभिन्न इकाइहरूको नेतृत्व सुदृढ गर्ने उद्देश्यले सरुवा गरिएको हो।

सरुवा गरिएका अधिकृतहरूलाई देशभरका विभिन्न जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, अनुसन्धान निकाय तथा विशेष ब्युरोहरूमा जिम्मेवारी तोकिएको जनाइएको छ।

नेपाल प्रहरी स्रोतका अनुसार केही अधिकृतलाई काजमा समेत खटाइएको छ भने सरुवा सूचीअनुसार सम्बन्धित अधिकृतहरूलाई तत्काल नयाँ कार्यस्थलमा हाजिर हुन निर्देशन दिइएको छ।

प्रहरी प्रधान कार्यालयले सरुवा सूची सार्वजनिक गर्दै संगठनात्मक आवश्यकता र कार्यक्षमताका आधारमा निर्णय गरिएको जनाएको छ।

डिएसपी काे कहाँ ?

एसपी काे कहाँ  ?

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार