बलात्कारको आरोपमा कर्णाली प्रदेशका एमाले नेता मुगुका कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अगाडि बढाउने निर्णय गरेको हो। मल्लविरुद्ध कालिकोटकी जमुना खत्रीले आफू माथि जबर्जस्ती बलात्कार गरि गर्भपतन समेत गराएको मुद्दा दर्ता गराएकि थिईन।
उनी दाेषिलाई उन्मुक्ति नहाेस र आफुलाई न्याय मिलाेस भन्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा समेत लामो समय बसेकि थिइन।
उक्त घटनाबारे थप प्रमाण र साक्षीका आधारमा अदालतमा मुद्दाको सुनुवाइ जारी रहनेछ।