गएराती गएको भुकम्पबाट भएकाे क्षति विवरण प्राप्त हुनेक्रम जारी छ।

जाजरकोटमा केन्द्रविन्दु रहेको उक्त भुकम्पकाे पश्चिम नेपाल लगाएत देशभर र भारतकाे नयाँ दिल्लीमा समेत महशुस गरिएको थियाे  शुक्रबार राति ११ः४७ बजे भुकम्प गएको हाे।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीका अनुसार विभिन्न वडामा घर भत्किँदा ९ जनाको मृत्यु भएको बताए। अहिले घाइतेहरुले जाजरकोट जिल्ला अस्पताल खचाखच भरिएको छ भने अझै सबै ठाउँबाट उद्दार गर्न बाँकि छ।

उता रुकुम पश्चिममा एकै घरका ५ जना सहित १८ जनाकाे मृत्यु गएको छ भ।

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ११ गोईरी सल्लेरी गाउँका स्थानीय शिला सेर्पाली र उनका ४ जना छोरीहरुको घर भत्किदा मृत्यु भएको हाे।

आमा शिलासँगै सुतेका पाँच छोरीहरु मध्य माईली छोरीको भने जिवितै उद्धार गरिएको छ। अहिले सम्मको जानकारीमा रुकुम पश्चिम् आठबिसकोट नगरपालिका वडा नं ११ मा ६ जना, वडा नं १३ मा ३ जना, वडा नं १२ मा ५ जना, वडा नं १४ मा २ र सानीभेरिमा – २ जना गरि १८ जनाको मृत्यु भएको खुल्न आएको त्यहाँबाट नरेन्द्र वलीले जनसहारासंग बताए।

सबै तिरबाट थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार