चैत १०, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. २ लस्तममा अवस्थित माध्यमिक विद्यालय बनेचौरमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
शुक्रबार बागचौर नगर सरकारका प्रवक्ता तथा शिक्षा समिति सदस्य वडा नं. २ का अध्यक्ष दिपेश डि.सी.को प्रमुख आतिथ्यतामा बसेको अविभावक भेलाले स्थानीय बुद्धिजिवी तारादेव भण्डारीको अध्यक्षतामा ६ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो ।
जेष्ठ नागरिक जिवलाल डाँगीको अध्यक्षतामा भएको भेलाबाट ६ जना सदस्यहरु निर्वाचित भएपछि तिनै सदस्यले अध्यक्षमा तारादेव भण्डारीलाई सर्वसम्मत चुनेका हुन ।
अभिभावकबाट चुनिएका समिति सदस्यहरुमा भद्र बहादुर डि.सी., बुद्धिराज के.सी., तोला के.सी., कमला के.सी. र शिक्षाप्रेमी नन्दकला सुनार रहेका छन ।
विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धि बसेको भेलामा नगर शिक्षा समिति सदस्य नवराज डि.सी., शिक्षक अभिभावक संघका अध्यक्ष भद्र बहादुर डि.सी. लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, पुर्वअध्यक्ष तथा विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीयको उपस्थिती रहेको थियो ।