असोज ०८, सल्यान – जिल्ला प्रशासन कार्यालय सल्यानमा तयार भएका राष्ट्रिय परिचयपत्र स्मार्ट कार्ड ईलाका प्रशासन कार्यालय थारमारेबाट वितरण गरिएको छ ।

यससँगै बृद्ध तथा अशक्त नागरिकहरूको विवरण संकलन गर्ने कार्य पनि प्रशासन कार्यालयमार्फत सल्यानमै सुरु गरिएको छ ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमा प्रमुख जिल्ला अधिकारी उप–प्रहरी नायब उपरीक्षक अनुसन्धान DSP विशिष्ट व्यक्तिको उपस्थिति रहेकोे थियोे ।

प्रशासन कार्यालयका अनुसार यो कार्य नियमित रूपमा संचालन हुनेछ । हाल वडास्तरमा तयार गरिएका कार्डहरू पछि वितरण गरिने जानकारी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

यसले स्थानीय नागरिकलाई आफ्नो परिचयपत्र लिन सहज हुने र विशेषगरी बृद्ध तथा असक्त नागरिकहरूलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार