असार ९, सल्यान – सल्यानको छत्रेश्वरी गाउँपालिकाको १२ औं गाउँसभा तथा बजेट अधिवेशन सम्पन्न भएको छ । बिहिबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा भोटेचौरमा गाउँसभा सम्पन्न भएको हो ।

सभाले आगामी आर्थिक बर्ष २०७९/०८० को लागी गाउँपालिका अध्यक्ष बुढाथोकीले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष बुद्धा केसीले प्रस्तुत गरेको बजेट वक्तव्य सर्वसम्मतले पारित गरेको छ । गाउँसभाले आगामी आर्थिक वर्षको लागी कुल ४९ करोड ५१ लाख ६२ हजार ४ सय ९४ रकमको बजेट पारित गरेको छ ।
जसमा चालुतर्फ २४ करोड ५६ लाख ६२ हजार ४ सय ९४ रकम र पुजीगततर्फ ११ करोड ७० लाख ४४ हजार १ सय २१ रकम विनियोजन खर्च बजेट प्रस्तुत भएको छ ।
सदस्यहरुले दिएका सुझावहरु समेट्ने गरि सैद्धान्तिकरुपमा बार्षिक निति, कार्यक्रम र बजेट पारित भएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले बताए ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहिवार