असार ०५, सल्यान – सल्यानको छत्रेश्वरी गाउँपालिकामा धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम नियन्त्रण, निदान तथा उपचार सम्बन्धि विद्यालय स्तरको संवाद कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालय रामशाहपथ काठमाडौंको सहयोग र डेभलपमेन्ट सोसाइटी नेपाल, सल्यानको आयोजनमा छत्रेश्वरी गाउँपालिका भित्रका त्रिभुवन जनाता मा.वि. भोटेचौर, शारदा मा.वि. शंकमुल, जानकी मा.वि. दोहली, कृष्णि मा.वि. पोखरीडाँडा, महेन्द्र मा.वि. लेखपोखरा र त्रिभुवन जनता मा.वि. लेखचौरपानी लगायतका विद्यालयहरुमा संवाद सम्पन्न गरिएको डेभलपमेन्ट सोसाइटी नेपाल सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डि.सी. ले जानकारी दिए ।

अध्यक्ष डि.सी.का अनुसार विद्यालयस्तरमा विद्यार्थीहरुसँग गरिएको उक्त कार्यक्रममा निम्न विषयहरुमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ परिच्छेद १ दफा २ अनुसार सुर्तिजन्य पदार्थ भन्नाले धुम्रपान वा सुर्ति सेवनका निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिँडी, सिगार, सुल्फा, कक्कड, कच्चा सुर्ति वा यस्तै प्रकारका सुर्तिजन्य पदार्थबाट स्वास्थ्यमा पर्ने असर यसबाट कसरी विद्यार्थिहहरुलाई जोगाउने छलफल एवं संवाद गरिएको थियो ।
⦁ सार्वजनिक स्थलमा धुम्रपान र सुर्तिसेवन गर्न पाइदैन ।
⦁ व्यवस्थापकले आफुसँग सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउँमा धुम्रपान र सूर्ति सेवन गर्न नपाउने व्यहोराको सुचना सबैले देख्न र पढ्न सक्ने गरी टाँस गर्नुपर्दछ ।
⦁ कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजि एवं सवारी साधन भित्र धुम्रपान गर्नु हुदैन ।
⦁ सुर्तिजन्य पदार्थको प्याकेट नाबालकलाई आकषण गर्ने कुनै लोगो,चिन्ह,शब्द र चित्र राख्न पाइदैन ।
⦁ उत्पादकले सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्नु अघि त्यस्तो पदार्थमा भएको निकोटिनको मात्रा हानिकारक तत्व लगायत अन्य कुराको विवरण मन्त्रालय समक्ष पेश गर्नुपर्दछ ।
⦁ उत्पादकले सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट र लेबलको बाहिरी कुल भागको ९० प्रतिशत भागमा सुर्तिजन्य पदार्थ हानिकारक छ भन्ने व्यहोराको मन्त्रालयले तोकेबमोजिमको चेतावनी सन्देश र सुर्तिजन्य पदार्थको सेवनबाट भएको घातक, रङ्गिन चित्र प्रष्ट बुझ्ने र देख्ने गरी नेपाली भाषामा उल्लेख गर्नुपर्नेछ ।
⦁ सुर्तिजन्य पदार्थको कसैले विज्ञापन गर्न पाइने छैन ।
⦁ कसैले पनि १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्न वा नि:शुल्क उपलब्ध गराउन पाइने छैन ।
⦁ शिक्षण वा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, र नेपाल सरकारले राजपत्रमा सुचना प्रकाशित गरी तोकिएको सार्वजनिक स्थलबाट कम्तिमा एकसय मिटर भित्रको घर, पसलबाट सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्न पाइने छैन ।
⦁ कसैले पनि सुर्तिजन्यपदार्थ नि:शुल्क उपहार स्वरुप दिन पाइदैन ।

सुर्तिजन्य तथा अन्य लागु पदार्थको कुलतबाट जोगाउन विशेष प्रस्तुति तथा संवादमा कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी साहयक निरिक्षक घनश्याम सुनार, श्याम खत्री, सि.एम.सि. नेपालमा कार्यरत गिता पहाडी, नेपाल पत्रकार महांसंघ नेपालको सचिव टिकाराम भण्डारी, वडा नं.६का अध्यक्ष टिकाराम वुढा, वडा नं.५ का अध्यक्ष फौद वहादुर वस्नते, संस्थाका सचिव तुल्सा रावंत र संस्थाका अध्यक्ष दिपेन्द्र प्रकाश डि.सी. लगायतले गरेका थिए । कार्यक्रममा ६ वटा विद्यालयका शिक्षक र विद्यार्थी गरि ६ सय बढिको सहगाीता रहेको थियो भने कार्यक्रम विद्यालय स्तरमा निकै प्रभावकारी भएको भन्दै छत्रेश्वरी गाउँपालीकाले आयोजक संस्थाप्रति धन्यवाद प्रकट गरेको छ ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार