पुस १६ काठमाडौ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा आगामी जेठमा लिने गरी तयारी थालेको छ। बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणी पौडेलका अनुसार जेठ महिनामा एसईई सञ्चालन गर्ने गरी तयारी सुरु भएको बताए।

चैत-वैशाखसम्म अध्ययन गर्ने समय दिनुपर्ने अनि असार साउनमा वर्षायामकाे समयमा कठिन हुने देखिएको हुदा जेठ महिना परीक्षाका लागि उपयुक्त समय देखिएकोले यसै अनुरुप तयारी थालिएको छ। यस पटकको एसईई परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने अहिले कुनै आधिकारिक निर्णय नभएको र विद्यार्थीको अन्तिम विवरण आएपछि सरकारले यस विषयमा निर्णय गर्ने पनि अध्यक्ष पौडेलले बताए।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार