भाद्र १७ काठमाडौ – अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। पेट्रोलको मूल्य लिटरमा २ दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।

पेट्रोलको मूल्य लिटरमा एक सय पाँचबाट बढाएर एक सय सात रुपैयाँ कायम गरिएको छ। बढेको मूल्य मंगलबार मध्यरातदेखि लागू हुनेछ। डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत रहेको नेपाल आयल निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार