पुस ५, सल्यान – ग्लोबल आई.एमई. बैंकले ग्राहकहरुका लागी वित्तीय साक्षरता डिजिटल बैंकिङ्ग सम्बन्धि सल्यानको श्रीनगरमा आज एक कार्यक्रम सम्पन्न गरेको छ ।
देशव्यापी रुपमा एकैसाथ संचालित कार्यक्रम अन्तर्गत सल्यानमा पनि यश सम्बन्धि कार्यक्रम सञ्चालन गरीएको हो ।
कार्यक्रममा बैंककि चिफ अफ कन्ट्रि अपरेशन अनमिका सिंहले ग्लोबल आई.एमई बैंक स्थापना भएको १५ वर्षमै देशको सबैभन्दा बढी पुँजी भएको नं. १ बैंक भएको र देशव्यापी रुपमा चलिरहेका यस्ता कार्यक्रमहरुले ग्राहकहरुलाई सेवा लिन सहज हुने बताएकी छन । उनले ग्राहकको विश्वासका कारण नै आज बैंक देशकै ठूलो बैंक भएकोमा खुसी व्यक्त गर्दै आफ्ना ग्राहकलाई प्रविधिमैत्री बनाउँदै लैजान देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम भईरहेको जानकारी दिईन ।

ग्राहकहरुलाई बैंकमा आएर कारोबार गर्न झन्झट बढि हुने र घरबाटै मोबाईल एपको प्रयोग गरेर सेवा लिन सकिने समेत बैंकका कर्मचारी विजय सापकोटाले बताएका छन । उनले बैंकले संचालनमा ल्याएको ग्लोबल स्मार्ट प्लस मोबाइल एप्लिकेसनको प्रयोग, यसको सुरक्षा र प्रयोगको विषय प्रष्ट पारेका थिए ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष के.सी, सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकी, महासचिव मोहन सारु, लगायत स्थानिय व्यापारीहरुको उपस्थिति रहेको थियो ।
ग्लोबल आई.एमई. बैंक सल्यान शाखाका प्रबन्धक सुबोध ज्ञवालीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजीकरण चिफ अफ कन्ट्रि अपरेशन अनमिका सिंहले गरेकि थिईन ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार