पुस १ काठमाडौ – नेपाल क्रिकेट संघ क्यान राष्ट्रिय टिमकाे कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन।

बुधबार बसेको क्यानकाे बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर लामिछानेलाई जिम्मेवारी दिने निर्णय गरेको हो। मल्ल लगाएत चार जनाले आचारसंहिता उलंघन गरेकाे भन्दै चार मल्ल सहित दीपेन्द्र, कमलसिंह ऐरी र सोमपाल कामीसँग क्यानले ६ महिना सम्झौता नगर्ने गरि कारबाही गरेकाे क्यानले जनाएको छ।

क्यानले गरेको नयाँ वर्गीकरणमा असन्तुष्ट जनाउँदै मल्ल लगायत केही खेलाडीले त्यसको विरोध गर्दै नाेटअफ डिसेन्ट समेत लेखेका थिए।

तर उता  क्यानले भने दुई पटक स्पष्टीकरण सोध्दा पनि चित्त बुझ्दो जवाफ नपाएपछि मल्ललाई कप्तानीबाट हटाउने निर्णय गरेको बताएको छ। पारस खड्काले कप्तान छाडेपछि क्यानले मल्ललाई कप्तान र ऐरीलाई उप-कप्तान नियुक्त गरेको थियो।

अहिले लामिछाने कप्तान भए संगै सामाजिक सञ्जालमा क्यानकाे आलाेचना भइरहेकाे छ। अब क्यानकाे भविष्य ओरालो लागेकाे भन्दै तत्काल निर्णय सच्याउन समेत ध्यानाकर्षण गराएका छन। पुरानाे टाेलिहरुलाई असन्तुष्ट बनाए भविष्यमा क्यानले ठुलाे क्षति बेहोर्नु पर्ने पनि कतिपयले भनेका छन।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार