श्रावण १८ मलेसिया – पछिल्लो समय सामाजिक संजालकाे पर्दामा आयर खुलेआम आत्महत्या गर्नेकाे सङ्ख्या बढेकाे पाइन्छ । यसै प्रकृतिको घटना मलेसियामा फेरि भयकाे छ । लामो समयदेखि मलेसियामा कार्यरत एक नेपाली श्रमिकले फेसबुकमा लाईभ गरे पश्चात् झुन्डिएर आत्महत्या गरेका छ्न।

मृतक हाेम फेसबुक लाइभ भइरहेको दृश्य
मलेसियाको सेरेम्बानमा अवस्थित ( ysk fressmart ) वाइएसके फ्रेस मार्ट कम्पनीमा बिगत लामाे बर्ष देखि कार्यरत रहेका नेपाल ठेगाना खोटाङ जिल्ला घर भइ पछिल्लो समय उदयपुर बेलटारमा बसोबास गर्दै आइरहेका होम बहादुर बिष्ट ( हेम ) झुन्डिएर आत्महत्या गरेका हुुुन ।
हिजो अगस्ट १ तारिख शनिबार राती फेसबुक लाईभ भिडियोमा आएर “भोलि आइतबार मेरो जन्म दिन हाे , म ५१ बर्ष मा प्रवेश गर्न लागेको छु । बाच्ने इच्छा मरिसकेको , जिन्दगीमा सार्है दु:ख गरियो , अहिले मलाई केहि कुराको चिन्ता छैन र पारिवारिक स्थिती नि राम्रो छ्न तर आफू अब बाच्न सक्दिन” लगायत अनावश्यक कुराहरू गर्दै गरेको र केहि घण्टापछि राती करिब ०२:०० बजेतिर आफ्नै काेठाकाे झ्यालबाट बाहिर निस्किएर झुन्डिएर आत्महत्या गरेको अवस्थामा बिहानको समयमा फेला परेको सोही कम्पनीमा काम गर्ने अर्का एक नेपालीले बताए।

मृतक हाेम काेठाबाहिर झुन्डिएको ठाउँ
जानकारी अनुसार मृतक बिष्ट आज भन्दा २१ बर्ष पहिले नेपाल बाट भारत पुगेर समुन्द्रको बाटो यात्रा तयगरि थाइल्यान्ड हुँदै मलेसिया प्रवेश गरेर काम गर्दै आएको खुल्नमा आएको छ । अन्दाजी ५१ बर्षे मृतक बिष्टको घरमा श्रीमति र दुई जना छोरा रहेको बताएकाछ्न । एकजना छोरा नेपाल प्रहरीमा कार्यरत रहेको र अर्को छोरा इन्जिनियर रहेको बुझिएको छ। अहिले बिष्टको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ।