जापानमा रहेका रोल्पालीहरूको साझा संस्था रोल्पा समाज जापानको चौथो अधिवेशन शनिबार टोकियोस्थित सिनओकुबोमा सम्पन्न भएको छ।

अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट गुरुप्रसाद राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ। जसअनुसार वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर घर्ति मगर, उपाध्यक्षहरूमा राजेन्द्र झाक्रि मगर, क्षितिज रोका मगर, रिदम रोका मगर र सूजन बुढा मगर चयन भएका छन् भने महिला उपाध्यक्षमा कुसुम बुढा मगर चयन हुनुभएको छ।

त्यसैगरी महासचिवमा रूपचन्द्र केसी सचिवमा गौतम केसी कोषाध्यक्षमा योगेश भारती तथा सह-कोषाध्यक्षमा अन्जु बुढा मगर र रामसिङ रोका मगर चयन भएका छन्। प्रवक्तामा प्रगति बुढा मगर चयन भएकि छन। भने सदस्य तर्फ निशा बुढा मगर, देबेन्द्र पुन मगर, कुलराज घर्ति मगर, विनोद पुन मगर, हिमाल बुढा मगर, सन्जय घर्ति मगर, करुणा घर्ति मगर, रमिता झाक्री मगर, सरिता घर्ति मगर, दीपक डाँगी, अनिल कुमार वली, इन्द्रजीत वली, दिनेश पुन मगर, दीपेन्द्र वली र विजय वली चयन भएका छन्।

समितिका अन्य पदाधिकारीहरूमा खेलकूद संयोजक हिमाल पुन मगर, सांस्कृतिक संयोजक बिमल पुन मगर तथा सेन्दाई क्षेत्रीय संयोजक खीम पुन मगर चयन भएका छन्।  त्यस्तै, संस्थाको संरक्षकमा प्रेम प्रकाश रोका मगर चयन भएका छन् भने सल्लाहकारहरूमा तारा प्रकाश बुढा मगर, दया प्रसाद बुढा मगर, कृष्ण बहादुर रोका मगर, मिन केसी,रबी पुन मगर, लक्षिन पुन मगर र बासू घर्ति मगर चयन भएका छन। समाजले बाँकी क्षेत्रीय समिति तथा कार्यसमितिमा आवश्यक हेरफेर आगामी बैठकबाट पारित गरिने जनाएको छ।

अधिवेशनले संस्थालाई अझ सक्रिय, जिम्मेवार र सुदृढ बनाउँदै जापानमा रहेका रोल्पालीहरूबीच आपसी एकता, सहकार्य र सामाजिक सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार