रोल्पा — राेल्पामा एक जना वृद्धलाई धकेलदा लडेपछि मृत्यु भएको छ।

माडी गाउँपालिका–१ पेदिखोला नजिक बिहीबार साँझ करिब ५ बजेतिर बाटोको छेउबाट हिँडिरहेका साेहि ठाउका ६७ वर्षीय मनबहादुर घर्तीलाई सोही ठाउँका ५० वर्षीय गनबहादुर बुढाले पछाडिबाट एक्कासी धकेलेपछि घर्ती करिब १० मिटर तल खसेर गम्भीर घाइते भएका थिए।

लडेपछि नाक, मुख र ढाडमा चोट लागेर घाइते भएका घर्तीलाई घर्तिगाउँस्थित स्मृति अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

उनलाई धकेल्ने गनबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २७ गते शुक्रवार